काठमाडाैं । काठमाडाैंमा अहिले केही बेरमा नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध विरोध प्रदर्शन र खबरदारी सभा गर्दैछ । बिहान ११ बजेपछि प्रदर्शनीमार्गमा खबरदारी सभा गर्न लागेकाे हाे ।
माओवादीले आजकाे बिराेध प्रदर्शनलाई भ्रष्टाचार र बेथितिविरुद्धको प्रदर्शन भनेको छ । कार्यक्रममा सबै जनवर्गीय सङ्गठनहरुलाई सहभागी हुन निर्देशन दिइसकेको छ ।
आज हुने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । खबरदारी सभा शुरु हुनुअघि भद्रकाली, सुन्धारा र काठमाडाैं मल अगाडिबाट जुलुश शुरु हुनेछ ।
यसैबीच माओवादीको प्रदर्शन र सभालाई लक्षित गरेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरीएकाे छ ।


