एजेन्सी । इजरायलले शनिबार बिहानैदेखी इरानकाे विभिन्न स्थानमा आक्रमण थालेकाे छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडाहरुमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको छ । इरानका अरु विभिन्न शहरमा पनि आक्रमण भएको जनाएको छ । यो आक्रमणलाई जवाफ दिनको लागि इरानले छलफल थालेको छ ।
यही अक्टोबरको १ तारिखमा इरानले इजरायलमा २०० वटा मिसाइल हानेको थियो । त्यसैको जवाफमा आज इरानलाई आक्रमण गरेको इजरायलको भनाइ छ । इजरायलले पनि २०० वटा मिसाइल आक्रमण गरेकाे हाे ।
इरानले पनि आक्रमण गर्ने सम्भावना रहेको भन्दौ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका शीर्ष नेताहरु अहिले बंकरमा लुकेकाे कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
इजरायल र इरानबीच पूर्ण क्षमताको युद्ध भएमा यसले मध्यपूर्व मात्र नभई विश्वलाई नै युद्धमा धकेल्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।


