प्रतीकात्मक तस्बिर
दाङ । आज बिहान दाङको तुलसीपुरमा भएकाे जीप दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् । साेही दुर्घटनामा परी अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान ३ बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको दाङ प्रहरीले जानकारी दिएकाे हो ।
दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्काको ज्यान गएको इलाका प्रहरीका कार्यालय तुलसीपुरले जनाएकाे छ ।
घाइते ३ जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरीले जनाएकाे छ ।


