काठमाडाैं । भारतमा आएकाे समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गर्दै नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हाे ।
महाशाखाका अनुसार समुन्द्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो हुने महाशाखाले जारी गरेकाे बुलेटीनमा उल्लेख गरेकाे छ ।
बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको यो आँधीको प्रभाव भारतको उडिसा र पश्चिम बङ्गालमा परेको छ ।


