काठमाडाैं । नेपाल समूह ‘बी’ को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बिहीबार साँझ भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हराएकाे थियाे ।
नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १-१ गोल गरेका थिए ।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । हिजाे नै भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोलले हराएकाे थियाे । समूह ‘ए’ बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।
अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदाे बुधवार हुनेछ ।
तस्वीर : एन्फा



