काठमाडाैं । उद्योगिहरुले डेडिकेटेड र ट्रंकलाइनको बक्याैता महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको छ ।
प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने बिजुलीको महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना निकालेको थियो ।
महसुल तिर्न दिएको समय हिजो सकिएसँगै प्राधिकरणले गएराति उद्योगको बिजुली काटेको हो । किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न शुरु गरेका ५ उद्योग र अदालतबाट अन्तरिम आदेश पाएको १ उद्योगबाहेक सबै उद्योगको लाइन काटिएको छ ।
डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे निर्णय गर्न हिजो बिहान प्राधिकरणको सञ्चालक समितिको बैठक बसे पनि निष्कर्षविहीन भएको थियो । बैठक निष्कर्षविहीन भएपछि प्राधिकरणले बेलुकादेखि उद्योगको लाइन काट्न थालेको हो ।


