साँकेतिक तस्बिर
दाङ । नाबालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका २ सुरक्षाकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर भएकाे शसस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सहप्रवक्ता थापाले बताए ।
उनीहरुले गत असोज २४ गते पिङ खेल्न गएकाे अवस्थामा ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ ।



