सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका -८ मा आज भएकाे सवारी दुर्घटनामा परी १ जनाकाे ज्यान गएकाे छ । साेही दुर्घटनामा परी अन्य ५ जना घाइते भएकाे सुर्खेत प्रहरीले जनाएकाे छ ।
जुम्लाबाट सुर्खेत आइरहेको आइरहेकाे प्रदेश ०२२१ ख १०१४ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा गम्भीर ३५ वर्षीय दीपक शाहीको ज्यान गएकाे हाे । उनकाे उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएकाे थियाे ।
साेही दुर्घटनामा परी अन्य ५ जना घाइते भएकाे पनि प्रहरी जानकारी दिउकाे छ । उनीहरु सबैकाे कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिमा गुडीरहेकाे मिनी ट्रकले अनियन्त्रित गुमाउदा सडक छेउमा पल्टिएको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएकाे जनाएकाे छ । उक्त मिनी ट्रक २९ जना सवार थिए ।




















