फाईल तस्बिर
पाेखरा । सहकारी ठगी आराेपमा पक्राउ परी संगठित अपराधको कसुरमा मुद्धा चलेका रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत पेश गरिने भएकाे छ । उनी सगै साेही अपराधमा मुद्धा चलाइएका छवीलाल जाेशीलाइ पनि आजै अदालत पेश गरीने भएकाे हाे ।
लामिछाने सँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । बुधबारसम्म लामिछाने सँगको बयान सकिएको छैन । अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा परेको छ ।
कागजात प्रमाणित गर्ने काम भइरहेकोले लामिछानेको बयान लिपिबद्ध भइसकेको छैन । पूर्वडीआईजी जोशी असोज ६ गते पक्राउ परेका हुन् । लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौं बाट पक्राउ गरेको हो ।
पाेखराकाे सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आज नै अदालत लगिँदै छ ।


