एजेन्सी । दक्षिणी बेरुतको मुख्य सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणमा ४ जनाको ज्यान गएको छ । हवाई आक्रमणमा १ बालकसहित ४ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हवाई आक्रमण रफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्किङ क्षेत्रमा भएको देखिएको खबरमा उल्लेख छ । यो घटनामा अन्य २४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो हवाई आक्रमण सोमवार बेलुकी दक्षिण बेरुतमा भएको १३ हवाई आक्रमणमध्ये १ रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहसँग जोडिएको ठाउँमा आक्रमण गरेको बताएको छ ।
यसअघि सोमवार १ इजरायली प्रवक्ताले मानिसहरूलाई बेरुतका धेरै ठाउँबाट टाढा रहन चेतावनी दिएका थिए । यद्यपि रफिक हरिरी अस्पताल यसमा समावेश गरिएको थिएन ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गएको ५ हप्तामा १ हजार ८०० सहित अहिलेसम्म २ हजार ४०० जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।
तस्वीर : राेयटर्स


