प्रतीकात्मक तस्बिर
काठमाडाैं । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलालीमा ३०.२ मिलिमिटर पानी परेको छ । त्यस बाहेक पनि काठमाडाैं, पाेखरा जस्ता ठुला शहरहरुमा पानी परेको थियाे ।
बर्दिया, गुल्मी, स्याङ्जा, कास्की, लमजुङ, गोरखा, नवलपरासी, काठमाडाैं, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सङ्खुवासभा, इलामलगायतका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि लुम्बिनी प्रदेशलगायत पहाडी भेगका केही ठाउँमा पानी पर्नेछ । केही दिनयता मौसम बदली भएसँगै देशभरि चिसो बढ्न थालेको छ ।




















