पाेखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।
पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिनकाे म्याद थप गरिदिएको हाे ।
शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएकाे थियो । उनलाई आजमात्रै अदालतमा पेश गरिएको हाे ।


