प्रतीकात्मक तस्बिर
काठमाडाैं । कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

प्रकाशित नतिजाअनुसार ७०.६ प्रतिशत अर्थात् ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । १ लाख २२ हजार १ ७१ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये २ जना विद्यार्थीको परीक्षा रद्द भएको र ३ जनाको परीक्षाफल स्थगित गरेको बोर्डले जनाएको छ ।
प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ ।
पूरक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।


