सप्तरी । सप्तरीमा आज बिहान भएको बस दुर्घटनामा परी १ जना महिलाकाे ज्यान गएकाे छ । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइते मघ्ये ८ जनाकाे अवस्था गंभिर भएकाे प्रहरीले जनाएकाे छ ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।
विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ । बस र मोटरसाइकल सडकमै पल्टिएका छन् ।


