काठमाडौं । सुपर ओभरमा नेपालले अमेरिकालाई हराएकाे छ । नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकाे हाे ।
सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो ।
नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेकाे थियाे ।
तस्वीर : क्यान



