काठमाडौं । टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालक तथा पर्यटन व्यवसायी बसन्तराज मिश्रको केही बेर अगाडी निधन भएको छ ।
अघि डेंगु संक्रमण पछि राजधानीकाे नर्भिक अस्पतालमा उपचाररत उनकाे आइतबार बिहान निधन भएकाे हाे ।
७३ वर्षीय मिश्रले भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।
भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारीक स्राेतल जनानकारी दिएकाे छ ।




















