काठमाडाैं । केही दिन यतादेखी देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा संघिय राजधानी काठमाडाैंको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।
आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाडाैंको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
‘पोस्ट मनसुन’ को अवस्था रहेकोले अहिले देशभर नै चिसो बढिरहेको महाशाखाले जनाएकाे छ । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चिसो झनै बढेको छ ।
अब चिसो बढ्दै जाने भएकोले चिसोबाट जोगिन मौसम पूर्वानुमान महाशाखा सुझाव दिएकाे छ ।


