काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछाने पक्राउ परे लगत्तै जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरीएकाे छ ।
पार्टी सभापति लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले सूचना निकालेर अधिवेशन स्थगित गरेको जानकारी गराएको हो ।
गएको बिहीवारदेखि रास्वपाले जिल्ला भेला शुरू गरेको थियो ।
रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न र पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निकालेको सूचनामा भनिएकाे छ ।


