काठमाडाैं । आज पहाडी क्षेत्रकाे केही स्थानमा सामान्य वर्षा हुन सक्ने अनुमान गरीएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रकाे केही स्थानमा सामान्य बर्षाकाे सम्भावना रहेको जनाएका हाे ।
महाशाखाको आज बुलेटिन जारी गर्दै बाँकी ठाउँको मौसम सफा भने सफा रहने जनाएकाे छ ।
आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।
केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ ।




















