जनकपुरधाम । महोत्तरीमा खेतमा लगाएकाे विद्युतीय तारबारमा परी १ जना बालिकाको ज्यान गएको छ । अन्य २ बालिका घाइते भएका छन् ।
गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको ज्यान गएको महोत्तरीका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी सन्तुलाल जयसवालले जानकारी दिए ।
करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको पनि उलने बताए । घाइते बालबालिकाहरुकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
आज बिहान ७:३० बजे उनीहरु काम गर्न खेतमा पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै ज्यान गएको हो ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


