काठमाडाैं । महिला साफ च्याम्पियनशिपमा आज नेपाल र भुटानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने छ ।
खेल बेलुका ५:३९ बजे हुनेछ । यसअघि आजै दिउँसो १:३० बजे श्रीलङ्का र माल्दिभ्स पनि खेल्दै छन् । हिजो भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले हराएर विजयी शुरुवात गरेको छ ।
महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी ७ वटा देशले खेल्नेछन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।
नेपाल अहिलेसम्म ५ पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।
महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले ५ पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले १ पटक उपाधि जितेको छ ।



