एजेन्सी । इजरायकाे पछिल्लाे आक्रमणमा दक्षिणी लेबनानको नबातिह शहरका मेयरकाे ज्यान गएकाे छ । साेही आक्रमणमा अन्य ४ जनाकाे पिन ज्यान गएको बीबीसीले जनाएको छ ।
मङ्गलवार राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको थियो । इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहको भूमिगत गोदामलाई निशाना बनाएको बताएको खबरमा उल्लेख छ ।
यसअघि लेबनानका अधिकारीहरूले लेबनानको दक्षिणी क्षेत्रमा भर्खरै भएका आक्रमणमा धेरैको ज्यान गएको बताएका थिए ।
इजरायलले लेबनानबाहेक गाजामा पनि आक्रमण गरिरहेको छ । मङ्गलवार अमेरिकाले इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन आग्रह गरेको थियो । यदि त्यसो भएन भने इजरायललाई दिइने सैन्य सहायतामा पनि कटौती गर्न सक्ने अमेरिकाले जनाएको छ ।
बेरुतमा भएको यो पछिल्लो आक्रमणअघि मङ्गलवार पनि इजरायली सेनाले लेबनानका विभिन्न ठाउँमा बमबारी गरेको छ ।




















