प्रतिकात्मक तस्बिर
झापा । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
बिर बहादुरले अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको झापा प्रहरीले जनाएकाे छ ।
घटना लगत्तै अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीकाे टाेलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।




















