झापा । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन साेमबार झापाबाट १० जनाको उद्धार गरीएको छ ।
उद्धार गरीएकाहरुमा ९ जना पुरुष र १ जना महिला भएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
उद्धार अभियान मेचीनगर नगरपालिकाबाट ४, बिर्तामोड नगरपालिकाबाट २, कनकाई नगरपालिकाबाट २ र शिवसताक्षी नगरपालिकाबाट २ जनाको उद्धार भएको आश्रमले जनाएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा शुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ ।
आश्रमले ७ वटै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताए ।


