दमाैली । तनहुँमा ससुराली गएका १ जना ब्यत्तीकाे ज्यान गएकाे छ । व्यास नगरपालिका-६ श्याम्घामा मादी नदीमा नुहाउने क्रममा आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमाैलीले जनाएकाे छ ।
नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको नदीले बगाएर ज्यान गएको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।
नदीले बगाएको ठाउँबाट १ किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रनि थापाले बताए । दशैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको उनले जानकारी दिए ।




















