साँकेतिक तस्बिर
काठमाडौं । लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको हाे ।
घाइतेमध्ये ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ ।
बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


