गुल्मी । बुटवलबाट बाग्लुङको खौलारकाे लागी गएकाे जीप गुल्मीमा दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
बुटवलबाट रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङको बडिगाड गाउँपालिका खौलारका लागि छुटेको लु १ ज ४४४८ नम्बरको जीप गुल्मीको मुसिकोट नगरपालिका–५ ईन्द्रेगौंडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी शंकर पोख्रेलले जानकारी दिए ।
दुर्घटनामा चालकसहित १४ जना घाईते भएकाे र घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको सूचना अधिकारी पोख्रेलले बताए । घाइते केहीको स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ ।




















