दैलेख । दैलेखबाट सुर्खेतकाे लागी छुटेकाे सब दुर्घटना हुदा १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा दैलेखको दुल्लू नगरपालिका–१३ मालिका गाउँका २४ वर्षीय महेन्द्र शाहीको भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक एव सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए ।
दैलेखबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस गुराँस गाउँपालिका–४ डबरगैरामा दुर्घटनामा परेकाे हाे ।
दुर्घटनापरी गम्भीर घाइते चालक दुल्लू नगरपालिका–१३ मालिका गाउँकै २४ वर्षीय बीरेन्द्र शाही र त्यही ठाउँका १९ वर्षीय सबिन शाहीलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।


