काठमाडाैं । आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी केहि क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अरू ठाउँको मौसम भने आज सफा नै रहने महाशाखाले जनाएकाे छ ।
बडा दशैँको दिन भोलि पनि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बुलेटीन मार्फजन जानकारी गराएकाे छ ।


