काठमाडौं । काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटनामा परेकाे छ ।
रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौंली पुलमाथि आज बिहान ४:१५ बजे ना १ ज ८७८२ नम्बरको टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
अनियन्त्रित भइ पल्टिँदा सिन्धुली फिक्कल गाउँपालिका-४ का २२ वर्षीय चालक उद्धव श्रेष्ठको हात र ढाडमा चोट लागेको छ । उनको तामाकोसी अस्पतालमा उपचार भइरहेकाे छ ।
सुमोमा चालक सहित १२ जना सवार रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ । सुमाेमा सवार यात्रुहरु सामान्य घाइते छन् । उनीहरुलाई अर्को सवारी साधनबाट गन्तव्यतर्फ पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।


