गोरखा । आगामी मंसिर १६ गते हुने स्थानिय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । उप निर्वाचनको लागि आयोगले दल दर्ताको लागि आवेदन गरेसंगै २५ राजनैतिक दल दर्ता भएका हुन् ।
आयोगले सूचना जारी गर्दै असोज १० गतेदेखी १६ गतेसम्म समय सिमा दिएर दल दर्ताको लागि आब्हान गरेको थियो ।
सोही अवधिमा केबल २५ दलले मात्र दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानिय उपनिर्वाचनको लागि प्रमुद दल सहित २५ दल दर्ता भएको हो ।


