काठमाडाैं । दशैंको चौथौ दिन आज कुष्माण्डादेवीको पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दुर्गा देवीका ३ रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ ।
दशैं अवधिभर उपत्यकाका साथै देशैभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुुइँचो लाग्ने गर्दछ ।


