काठमाडाैं । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म २४४ जना पुगेको छ । साेही बाढीपहिराेमा परेर अहिलेसम्म १९ जना बेपत्ता भएका छन् ।
बाढीपहिरोबाट देशैभर १७ हजार १७४ जनाको उद्धार गरिएको छ । ज्यान गुमाउने र बेपत्ता तथा उद्धार भएकाहरुकाे संख्या अझै बढ्न सक्ने अनुमान गरीएकाे छ । सबै स्थानिय तहबाट विवरण सङ्कलनकाे काम भइरहेकाेले संख्या बढ्न सक्ने अनुमान गृह मन्त्रालयले गरेकाे छ ।
अहिले पालिकाहरूले प्रभावित परिवारलाई खाद्यान्न, अति आवश्यक सामग्रीलगायत सहयोग गरिरहेकाे छ ।


