काठमाडाैं । नेपालमा मनसुनकाे प्रभाव कम हुदै गएकाे छ । मनसुन प्रभाव कमहुदै गएका कारण अबको ३ दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाले निकालेको बुलेटिनमा आउँदो ३ दिन ठूलो पानी पर्ने सम्भावना नरहेको उल्लेख गरीएकाे छ । तर मनसुनको प्रभाव कायमै रहेकोले केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा केही बादल लागेको भए पनि धेरैतिर आकास खुलेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही दिनदेखि मनसुनको प्रभाव कमजोर हुँदै गएको छ ।
अब भने लामो समय पानी पर्ने सम्भावना कम रहेकाे पनि मशाशाखाले जनाएकाे छ ।


