प्रतिकात्मक तस्बिर
हुम्ला । हुम्लामा भएकाे जिप दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् । आज दिउँसो ताजाँकोट गाउँपालिका-२ पुइमामा लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हुम्ला प्रहरीले जनाएकाे हो ।
ज्यान गुमाउनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
राेकिराखेकाे उक्त जिप ब्याक भएर सडकबाट ३०० मिटर तल खसेको थियाे । जिपमा ७ जना सवार रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।


