काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बा १४ च ३८५४ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको ज्यान गएको हो । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उक्त गाडीमा ६ जना सवार थिए ।
नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने भएपछी जोखिम माेलेरै भए पनी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।


