कावासाेती । पश्चिम नवलपरासीकाे दाउन्ने सडक एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि सडकअवरुद्ध भएको थियो ।
सडकको मर्मतपछि केहीबेर अघिदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउने तयारी भइरहेकाे छ । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या देखिएकाे उनले जानकारी दिए ।


