काठमाडाैं । नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । समूहको शुक्रबार भएको ३९औँ साधारणसभाबाट कार्की अघ्यक्षमा चयन भएका हुन् ।
शुक्रबार भएकाे मतदानमा कार्कीले उनका प्रतिस्पर्धी राेशनी अधिकारी पाठकलाई पराजित गरेका थिए । कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी पाठकले २८ मत प्राप्त गरेका थिए ।
साधारणसभाबाट उपाध्यक्षमा टीका बन्धन, महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला) मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका थिए । २ सदस्य (पुरुष) तर्फ यम बम र रामप्रसाद भण्डारी विजयी भएका छन् ।
११ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा २ महिला सदस्य र २ विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले ती पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।
१०४ मतदाता रहेकाे निर्वाचनमा ७४ मत मात्र खसेको थियाे ।


