कावासाेती । पश्चिम नवलपरासी को दाउन्ने सडक फेरि अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक भासिएपछि सडक अवरुद्ध भएकाे हाे ।
केही दिन अगाडी भाँसिएको सडक मर्मत गरेर एकतर्फी सञ्चालनमा आएकाे उक्त सडक गएरातीदेखी पुन: अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक रेशम बोहराले बताए । उनका अनुसार हिजो बेलुका सडक भाँसिएपछी एकतर्फी सञ्चालनमा आएकाे सडक फेरी अबरुद्ध भएको हाे ।
हिजै साँझ मर्मत पछी मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि आज बिहान फेरि सडक दुईतर्फी रुपमा सडक बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने सवारी साधन र यात्रु रोकिएका छन् । सवारी राेकिदा यात्रीले सास्ती खेप्नु परेकाे छ ।
असोज १४ गते पनि खुर्सानी खोला नजिकै सडक भाँसिएको थियो ।


