गाेरखा । भारतीय नाकाबाट विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन ल्याउन खोजेको आराेपमा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारी लाई करवाही कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेकोभन्दै उनीहरुलाई कारवाही प्रकृया अगाडी बढाएकाे शसस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी कुमार न्यौपानेले बताए ।
उनका अनुसार मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुवर लाई कारवाही सिफारीस गरीएकाे हाे ।
उनीहरुलाई ७ नं. बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।
यसै बिच त्रिनगर नाका हुँदै नेपाल प्रबेश गर्ने यात्रुहरुलाइ अनावश्यक दु:ख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा ३४ नं. गण कैलालिले सुक्ष्म निगरानी सुरु गरेको छ ।
त्यस्तैगरी, सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुख हैरानी दिनेहरुकाे पहिचान गर्न सशस्त्र प्रहरिका अधिकृतहरुले सादा पोषाकमा खटिएर अनुगमन समेत गरिरहेकाे सूचना अधिकारी न्यौपानेले बताए ।



