काठमाडाैं । आज पनि देशका पूर्वी र मध्य क्षेत्रमा बदलीभई वर्षा हुने सम्भावना रहेको छ ।
भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा राति र बिहान पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएकाे छ ।
ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।




















