प्रतिकात्मक तस्बिर
झापा । झापामा रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा हात्तीको आक्रमणबाट १ जना पुरुषकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा हल्दिबारी गाउँपालिका–३ का ६५ वर्षीय वाङ्दी गुरुङको ज्यान गएको हाे ।
सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनकाे घटना स्थलमा नै ज्यान गएकाे हाे ।
झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको ज्यान जाने गरेको छ ।




















