काठमाडाैं । नेपालकाे पूर्वी र मघ्य क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । आज र भोलि पनि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
घनघोर र अविरल वर्षाको सम्भावना भने नरहेकाे महाशाखाले जनाएकाे छ । एकैठाउँमा लगातार पानी पर्ने सम्भावना नभएकाे महाशाखाले जनाएकाे छ ।
आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पर्सिदेखि भने मौसममा सुधार हुने महाशाखाले जारी गरेकाे बुलेटीनमा उल्लेख गरीएकाे छ ।
महाशाखाले ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।


