गोरखा । अबिरल बर्षा पछी आएको बाढी र पहिरोमा परेर विभिन्नबाट काठमाडौं आउदा अलपत्र परेका सर्व साधारणहरुलाई शसस्त्र प्रहरी बल नेपालले उद्वार गरी काठमाडौं लगेको छ ।
शसस्त्र प्रहरीले सोमबार विभिन्न स्थानमा अलपत्र परेका १४८ जनालाई आफ्नै सवारी साधनमा राखेर काठमाडौं लगिएको सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
शसस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोको ३ वटा बसले उनीलाई उद्वार गरी उपत्यकामा लगेको हो । उद्वारकाहरुमा दाहाल डाँडाबाट १३ महिला, ४९ जना पुरुष र ३ जना बालबालिका गरी ६५ जना रहेका छन् ।
त्यस्तैगरी, काभ्रेकै विभिन्न स्थानबाट हेलिमार्फत उद्वारगरी धुलिखेल ल्याईएका ४२ जना महिला, ३३ जना पुरुष र ८ जना बालबालिकाहरु गरी ८३ जनालाई शसस्त्र प्रहरी बलले काठमाडौं ल्याएको सहप्रबक्ता थापाले बताए ।
पिडितहरुलाई उद्वारका लागि नेपाली सेनाले आफ्नो हेली मार्फत सुरक्षित स्थानमा ल्याउने काम भईरहेको र नेपाल प्रहरी समेतको सहकार्यमा पिडितहरुको उद्वारमा खटीएको सहप्रबक्ता थापाले जानकारी दिए ।
तस्बिर शसस्त्र प्रहरी बल नेपाल



