फाईल तस्बिर
काठमाडाैं । नागढुङ्गा हुँदै काठमाडाैंबाट बाहिरिने सवारी साधनलाई जान दिइएकाे छ । यसअघि गाडीलाई काठमाडाैं भित्रिन मात्रै अनुमति दिएको थियाे ।
दिउँसो ३:४५ बजेदेखि नागढुङ्गा हुँदै बाहिरिने सबै प्रकारकाे सवारी साधनहरुलाई जान दिइएको हाे ।
झ्याप्ले खोलाको पहिरो पन्छाएर गएरातिदेखि नै बाहिरबाट आएकाे सवारी साधनहरुलाई मात्र राजधानी तर्फ जान दिइएकाे थियाे । काठमाडाैं आउनका लागि ४ दिनदेखि पालो कुरेका करिब २ हजार सवारी साधनलाई उपत्यका भित्रिन दिएपछि बाहिरिने सवारीहरुलाई खुल्ला गरीएको नागढुङ्गा प्रहरीले जनाएको छ ।
तर नागढुङ्गादेखी मुग्लिनसम्म नै विभिन्न ठाउँमा पहिरोले सडक एकतर्फी मात्रै खुलेका कारण ठूलो जाम पर्न सक्ने भन्दै सयमता अपनाएर सवारी चलाउन अनुराेध गरेकाे छ । ट्राफिक प्रहरीले केही दिन अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको छ ।


