काठमाडौं । काठमाडाैंबाट लमजुङ आउदै गरेकाे हायस माईक्राे बस दुर्घटनामा परेकाे छ । नुवाकोटको शिवपुरीस्थित चापाकोटमा हायस दुर्घटना भएको हाे ।
ग १ ख ४५२५ नम्बरको हायस दुर्घटना हुदा दुर्घटनामा ११ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
माईक्राे बस सडकबाट १५० मिटर तल खसेको नुवाकोट प्रहरीले जनाएको छ ।
सबै घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।


