काठमाडौं । अविरल वर्षा पछीकाे बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को ज्यान गएकाे छ । साेही बाढी पहिराेमा परी अन्य ३० जना अहिलेसम्म बेपत्ता भएका छन् ।
गृह मन्त्रालयले सार्वजनिक गरेकाे विवरण विपद्मापरी १९४ जना घाइते भएका छन् । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५०० भन्दा बढीको उद्धार गरिएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि मन्त्रालयले जनाएकाे छ ।




















