सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुल भएर यातायात सञ्चालन गर्न दिइएको छ । नदीमा पानीको प्रवाह घटेपछि आइतबार साँझबाट यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिएकाे हाे ।
कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज दिइएकाे सप्तरी प्रशासनले जनाएकाे छ ।
पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ देखी पुलमा आउजाउमा रोक लगाइएको थियो । बाढीले थुपारेको फोहर सफा गर्न ८ घण्टा लागेको थियो ।
सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको थियाे ।बार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो ।




















