गाेरखा । अबिरल बर्षा पछी आएकाे बाढी र पहिराेमा परी अहिलेसम्म ६० जनाकाे ज्यान गएकाे छ भने ६४ जना अझै बेपत्ता भएका छन् ।
बर्षा पछी आएकाे बाढी र पहिराेमा ११ जिल्लामा ६० जनाकाे ज्यान गएकाे, ६४ जना बेपत्ता भएका र ३४ जना घाईते भएकाे शसस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले बताए ।
बाढी पहिराेमा परी ललितपुरमा १८ जना, काभ्रेमा १४ जना, काठमाडाैंमा ११ जना, पाँचथर र भक्तपुरमा ५-५ जना, धनुकाटा, सिन्धुपाल्चाेक / दाेलखामा २-२ जना र धादिङ १ जना गरी ६० जनालकाे ज्यान गएकाे उनले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म बाढी पहिराेमा परी अन्य ६४ जना अझै बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा काभ्रेमा १६ जना, ललितपुरमा १५ जना, काठमाडाैं र मकवानपुरमा ६-६ जना, पाँचथर र दाेलखामा ५-५ जना, झापामा ४ जना र धादिङमा ३ जना गरी कुल ६४ जना रहेका छन् ।
बाढी पहिराेमा परी काभ्रेमा १८ जना, काठमाडाैंमा १० जना, ललितपुरमा ५ जना र पाँचथरमा १ जना घाईते भएका छन् । बाढी पहिराेमा परी अहिलेसम्म २ हजार १०३ जनाकाे शकुसल उद्दार गरीएकाे पनि सहप्रबक्ता थापाले जानकारी दिए ।




















