मुग्लिन बजारमा राेकिएका सवारी साधनहरु
चितवन । चितवन प्रशासनले नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाएको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै वर्षा नरोकिएको र बाढी पहिरोको जोखिम कायमै रहेकाे भन्दै चितवन हुँदै काठमाडाैं जाने राजमार्गमा गाडी चलाउन रोक लगाएको हो ।

जारी सूचनामा शुक्रबार चितवनबाट काठमाण्डौतर्फ हिँडेका गाडीहरु भोलिसम्म आँपटारीमै रोकिनुपर्ने पनि भनिएकाे छ । वर्षा र जोखिमको अवस्था हेरेर भोलि बिहान ५ बजे पछि अर्को निर्णय नलिदासम्म सबै प्रकारकाे सवारीलाई पूर्ण निषेध गरीएकाे प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
नारायणगढ–मुग्लिन सडकको २६ किलोमा सडक भासिएको र मुग्लिन कटेपछि पृथ्वीराजमार्गकाे दर्जन बढी स्थानमा पहिरो गएका कारण शनिबार बिहानैदेखि सडक अवरूद्ध छन् ।


